२०८२ फागुन १६ शनिबार
Jhapa Today
Adv top

झापामा होलीपर्व मनाउँदा उम्मेदवारका सामग्री प्रयोग गर्न नपाइने


बिर्तामोड, फागुन १६ । जिल्ला प्रशासन कार्यालय झापाले यो वर्षको फागु पूर्णिमा अर्थात होलीपर्व घर कम्पाउन्डभित्रै मनाउन आग्रह गरेको छ । कार्यालयले सूचना निकालेर झापाबासीलाई छ बुँदामा आग्रह गरेको छ ।

यो वर्ष होलीपर्व र प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि एकै साथ परेकाले निर्वाचन आचारसंहिताविपरीत होलीपर्व नमनाउन कार्यालयले आग्रह गरेको हो ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले निकालेको सूचनाअनुसार होलीपर्व मनाउने बहानामा राजनीतिक नाराबाजी नगर्न पनि सचेत गरिएको छ ।

त्यस्तै, दलका झन्डा, लोगो, चिह्न तथा उम्मेदवारको तस्बिर अंकित टिसर्ट, टोपी, गाम्छा, मास्क बिक्री वितरण तथा प्रयोग नगर्न कार्यालयले सूचनामार्फत सचेत गराएको छ ।

कुनै व्यक्ति, परिवार वा समूहले सूचनाको बर्खिलाप हुनेगरी अर्मादित रुपमा उच्छृंखल र गैरकानुनी क्रियाकलाप गरे प्रचलित कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

Adv footer