२०८२ फागुन १७ आइतबार
Jhapa Today
Adv top

अभियन्ता दुर्गा प्रसाईं पुनः पक्राउ


बिर्तामोड, फागुन १७ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको हाे ।

प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा लगिएको छ । उनलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी प्रकाश जवेगुले बताए ।

प्रसाईंको पारिवारिक स्रोतका अनुसार आज बिहान ६ बजे नै भक्तपुरको प्रहरी टोली निवास वरिपरि तैनाथ थियो । उनलाई पौने आठ बजेतिर पक्राउ पुर्जी थमाएर प्रहरीले लगेको हो ।

पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने व्यहोरा उल्लेख छ । उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिने डिएसपी जवेगुले बताए ।

यसअघि सर्वोच्च अदालतको आदेशमा उनी फागुन १३ मा रिहा भएका थिए । पछिल्लो समय चुनाव बिथोल्ने भूमिका खेल्ने आशङ्का प्रशासनले उनलाई पक्राउ गर्ने र अदालतको आदेशले छाड्ने गर्दै आएको छ ।

Adv footer