
बिर्तामोड, फागुन २० । ‘एनवाइइएफ एमेच्योर गल्फ प्रतियोगिता–२०२६’ को नेट उपाधि आकाश दुलालले जितेका छन् । धरानस्थित गल्फ कोर्समा सम्पन्न प्रतियोगितामा ३९ नेट स्कोर गर्दै दुलालले प्रतियोगिताको नेट उपाधि जितेका हुन् ।
त्यस्तै, ३६ नेट स्कोर गर्दै प्रमोद राई दोस्रो र ३६ नेट स्कोर नै गरेका दिपक पोखरेल भने काउन्ट–ब्याकको आधारमा तेस्रो भए । प्रतियोगिताको ग्रसतर्फ ६९ स्कोर गर्दै सुन्दर राई प्रथम भए ।
प्रतियोगितामा महिलातर्फ ३६ स्कोर गर्दै आस्था दुलाल र सिनियरतर्फ ३३ स्कोरसहित बोमप्रसाद लिम्बू प्रथम भए । लङ्गेस्ट ड्राइभको पुरस्कार विवेक राईले जित्दा नियरेस्ट टु दि पिन नितेश गुप्ता र मोस्ट बर्डिज पदमहाङ लिम्बू भए ।
आयोजक नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) सुनसरी च्याप्टरका अध्यक्ष राजीव घिमिरेले प्रतियोगितामा १५० जनाभन्दा बढी उद्यमी, व्यवसायी तथा पेशाकर्मीहरूको उपस्थितिले प्रतियोगितालाई भव्य बनाएको बताए ।


