२०८२ फागुन २० बुधबार
Jhapa Today
Adv top

दुर्गा प्रसाईंको महाअभियानका मेची अञ्चल संयोजक सिटौला पक्राउ


बिर्तामोड, फागुन २० । राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका मेची अञ्चल संयोजक मधुरकान्त सिटौलालाई प्रहरीले पक्राउ गरेको छ ।

यसअघि महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो । भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्न सक्ने आशंकामा उनीहरुलाई पक्राउ गरिएको हो ।

निर्वाचनलाई लक्षित गर्दै झापा जिल्लामा केही अराजक गतिविधि गर्न सक्ने अनुमानका बीच सिटौलालाई उनको बिर्तामोडस्थित ग्रिन एप्पल रेस्टुरेन्टबाट आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनलाई साँझ ५ः२० बजे इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडको प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

Adv footer