
बिर्तामोड, फागुन २१ । निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट पारेको छ ।
आज (बिहीबार) बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानमा मतदाता परिचयपत्रको सक्कलप्रति नभएमा नेपाली नागरिकता, सवारी चालक अनुमतिपत्रले पनि मतदान गर्न पाइनेछ ।
त्यस्तै, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गाधनी प्रमाण पूर्जाको सक्कलप्रतिमध्ये कुनै एकले मतदान गर्न पाइने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।


