
बिर्तामोड, फागुन २४ । झापाका विभिन्न तीन स्थानमा आगलागी भएको प्रहरीले जनाएको छ । गौरीगञ्ज, भद्रपुर र गौादहमा आगलगाी भएको हो ।
गौरीगञ्ज–६ भारुचोकको १ कोठे घुम्ती किराना पसल, भद्रपुर–९ बुद्धटोलमा जस्ताको छानो, बासको चित्राले बारेको १ तले भान्साघर र गौरादह–७ सूर्यदयटोलमा टिनको छाना भएको १ तले २ कोठे गाई ग्वालीमा आगलागी भएको हो ।
गौरीगञ्ज–६ भारुचोकका तुलसी साहको जस्तापाताले बनेको र टिनको छाना भएको १ कोठे घुम्ती किराना पसलमा अचानक विद्युत सर्ट भई आगलागी हुँदा दुई लाख ४ हजार मूल्य बराबरको क्षति भएको छ । अगालगी १ः३० बजे भएको थियो ।
त्यस्तै, १ः१५ मिनेटको समयमा भद्रपुर–९ बुद्धटोलका मंकरध्वज आङदेम्बेको जस्ताको छानो, बाँसको चित्राले बारेको १ तले भान्साघरमा चुलोबाट आगो सल्केर आगलागी भएको थियो । आगोमा सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा अन्दाजी तीन लाख मूल्य बराबरको क्षति भएको बताइएको छ ।
त्यस्तै, आजै १२ः३० बजेको समयमा गौरादह–७ का सूर्यदयटोलका पुष्पलाल चम्लागाईंको टिनको छाना भएको १ तले २ कोठे गाई ग्वालीमा अचानक विद्युत सर्ट भई आगलागी भएको थियो ।
आगालगीबाट एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । आगो स्थानीयबासी र गौरादह नगरपालिकाको दमकलको सहयोग १ः३० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


