
बिर्तामोड, फागुन २८ । झापा साइक्लिङ क्लबले पहिलोपटक गर्न लागेको ‘घुमौँ झापा साइकलमा’ कार्यक्रमको आधिकारिक मेडिकल पार्टनर बिएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटल भएको छ ।
झापाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र उदीयमान पर्यटन मार्गहरूलाई उजागर गर्न आयोजना गरिएको कार्यक्रमका लागि बिएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटल र आयोजक समितिबीच मेडिकल सहयोग आदनप्रदानबारे सम्झौता भएको छ ।
साइकललाई वातावरणमैत्री र समावेशी पर्यटन माध्यमको रूपमा स्थापित गर्न साइकलमा झापाका १२ वटा पालिका घुम्ने ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम यही फागुन ३० गते, चैत १ र २ गते हुँदैछ ।
बिएन्डसी हस्पिटलले यात्राको क्रमम साइकल राइडरहरु घाइते भएमा एम्बुलेन्समार्फत उद्दार गर्नेछ भने उपचारमा समेत सहयोग गर्ने क्लबका अध्यक्ष आकाश श्रेष्ठले जनाकारी दिए ।


