२०८२ फागुन २८ बिहीबार
Jhapa Today
Adv top

सुनचाँदीको मूल्यमा गिरावट


बिर्तामोड, फागुन २८ । सुनचाँदीको मूल्यमा गिरावट आएको छ । बुधबार तोलामा दुई हजार रुपैयाँ बढेको सुनको मूल्य बिहीबार दुई हजार रुपैयाँ नै घटेको हो ।

मूल्य घटेर सुनको भाउ आज तोलाको तीन लाख १७ हजार रुपैयाँमा झरेको छ । बुधबार सुनको भाउ तोलाको तीन लाख १९ हजार पुगेको थियो। 

मंगलबार पनि सुनको भाउ तोलामा ३८ सय बढेको थियो। गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

बिहीबार चाँदीको मूल्य पनि घटेको छ। तोलामा २०५ रुपैयाँ घटेर चाँदीको भाउ आज पाँच हजार ५१५ काय भएको छ । मंगलबार चाँदीको भाउ तोलामा ३१० रुपैयाँ बढेको थियो। बुधबार भने चाँदीको मूल्य स्थिर थियो।

गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते चाँदीको मूल्य सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।

Adv footer