२०८२ फागुन २८ बिहीबार
Jhapa Today
Adv top

पूर्वमा आज रातभरि पानी पर्ने सम्भावना


बिर्तामोड, फागुन २८ । मौसम बदली भएसँगै अहिले साँझ झापासहित पूर्वी तराई र पहाडमा वर्षा भइरहेको छ । झापाको बिर्तामोड आसपासमा साँझ ०६ः२४ बजेदेखि वर्षा भएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङसहित वर्षा भइरहेको छ ।

उदयपुर, चितवन, गोरखा लगायतका थोरै स्थानहरूमा थोरै समयका लागि मध्यमदेखि भारी वर्षा समेत भइरहेको छ । गोरखा लगायतका एक–दुई स्थानमा असिना समेत परेको छ ।

मेघगर्जन÷चट्याङसहित पानी पार्ने बादल अझै आकाशमा रहेकोले अझै पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ । आज रातभरि पानी पर्ने अनुमान गरिएको छ ।

अन्य क्षेत्रमा पनि पानी परिरहेको विभागले जनाएको छ । विभागका अनुसार लमजुङ, मकवानपुर, सिन्धुपाल्चोक, सङ्खुवासभा, इलाम, सोलुखुम्बु, मुस्ताङ, बर्दिया, कास्कीलगायत जिल्लामा पनि वर्षा भएको छ ।

यो वर्षापछि प्रदूषण केही कम हुने अनुमान गरिएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए ।

Adv footer