२०८२ चैत्र ३ मंगलबार
Jhapa Today
Adv top

काँकरभिट्टाबाट भित्रिए आठ महिनामा छ हजार ७९१ पर्यटक


बिर्तामोड, चैत ३ । पूर्वी नाका काँकरभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् ।

अध्यागमन कार्यालय काँकरभिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालु आर्थिक वर्ष २०८२/ ८३ को साउनदेखि फागुनसम्म पूर्वी नाकाबाट अमेरिका, बेलायत, भुटानलगायतका मुलुकबाट पर्यटकहरु नेपाल भित्रिएका हुन् ।

साउनमा २८४, भदौमा २१९, असोजमा ५४१, कात्तिकमा ६२४, मंसिरमा ८७३, पुसमा एक हजार ८५०, माघमा एक हजार ३९५ र फागुनमा एक हजार पाँचजना पर्यटक भित्रिएको उनले जानकारी दिए ।

सोही अवधिमा अध्ययनलगायतका कामले विदेशमा रहेका तीन हजार १३३ नेपालीहरु सोही नाका भएर नेपाल फर्किएको समेत उनले बताए ।

उक्त नाकाबाट अध्यागमन प्रक्रिया पूरा गरी नेपालबाट विदेश फर्किएका पर्यटकको संख्या छ हजार ५५२ रहेको छ भने एक हजार ८४७ जना नेपाली समेत विदेश गएका छन् ।

गत आर्थिक वर्ष २०८१/८२ मा सोही अवधिमा आठ हजार ७२३ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका थिए ।

Adv footer