
बिर्तामोड, चैत ३ । सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९ सय कायम भएको छ ।
सोमबार भने सुन प्रतितोला रु ३ लाख ९ हजार ५ सय रहेको थियो । यसअनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ४ सयले बढेको महासंघले जनाएको छ ।
त्यसैगरी, १० ग्राम सुनको मूल्य मंगलबार २ लाख ६५ हजार ६९० पुगेको छ भने सोमबार २ लाख ६५ हजार ३४५ कायम थियो । चाँदीतर्फ पनि मूल्य बढेको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३३५ पुगेको छ भने सोमबार प्रतितोला रु ५ हजार २६५ रहेको थियो । यसअनुसार चाँदी प्रतितोला रु ७० ले वृद्धि भएको छ । १० ग्राम चाँदीको मूल्य मंगलबार ४ हजार ५७४ पुगेको छ भने सोमबार रु ४ हजार ५१४ कायम थियो ।




