
बिर्तामोड, चैत ३ । ‘टिभिएस स्मार्ट एक्सचेन्ज’ नामक विशेष अफरअन्तर्गत बिर्तामोडमा तेस्रो दिनसम्म ५२ वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएको छ ।
अफरको तेस्रो दिन थप १२ वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएको बिर्तामोडस्थित दुई चक्के सवारीसधान टिभिएसको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले जनाएको छ ।
यो बिक्री अहिलेसम्मकै बिर्तामोडको रेकर्ड ब्रेक बिक्री भएको कम्पनीले जनाकारी दिएको छ । त्यस्तै, अहिलेसम्मकै सर्वाधिक गाडीको मूल्यांकन आफूले पाएको उपभोक्ता रामजित सोङमीले बताए ।
पुराना बाइक वा स्कुटर एक्सचेन्ज गर्न चाहने ग्राहकहरूका लागि आयोजित छ दिने ‘टिभिएस स्मार्ट एक्सचेन्ज’ विशेष अफरको आज तेस्रो दिन पनि ग्राहको भिड लागेको जनाइएको छ ।
चैत १ गतेदेखि ६ गतेसम्म बिर्तामोड पश्चिम बस स्ट्यान्डस्थित हनुमान पेट्रोल पम्पमा सञ्चालन हुने यो कार्यक्रमअन्तर्गत जुनसुकै ब्रान्ड र अवस्थाका बाइक वा स्कुटर एक्सचेन्ज गर्न सकिने सञ्चालक लुना बस्नेतले बताइन् ।
साथै, यो अफरअन्तर्गत ग्राहकहरूले आठ हजार रुपैयाँसम्मको थप मूल्यांकन, सात हजार रुपैयाँसम्मको नगद छुट र निःशुल्क बाइक एसेसरिज समेत प्राप्त गर्न सक्ने सञ्चालक बस्नेतले जानकारी दिइन् ।




