२०८२ चैत्र ४ बुधबार
Jhapa Today
Adv top

भद्रपुरबाट ब्राउन सुगरसहित सातजना पक्राउ


बिर्तामोड, चैत ४ । प्रहरीको तीनवटा इकाइले झापाको भद्रपुरबाट सातजनालाई ठुलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित फरकफरक स्थानबाट पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा भद्रपुर-६ बस्ने ३१ वर्षीय श्रवण यादव, सोही ठाउँ बस्ने २० वर्षीय गणेश राजवंशी र २६ वर्षीय प्रकाश राजवंशी रहेका छन् ।

प्रहरीले हिजो राति ९ः३० बजे यादवको घरमा खानतलासी गर्दा ५० ग्राम ४३० मिलिग्राम ब्राउन सुगर फेला पारेको जनाएको छ । राजवंशीद्वय पनि लागुऔषधसहित त्यहीँबाट पक्राउ परेका हुन् ।

त्यस्तै, प्रहरीले हिजो राति १०ः३० बजे भद्रपुर ५ भद्रपुर बसपार्कमा ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भद्रपुर-५ बस्ने ३० वर्षीय शुभम साह, वडा नम्बर ४ बस्ने ३० वर्षीय जयकरण कहार, वडा नम्बर ६ बस्ने ३५ वर्षीय दुलाल शेख र सोही ठाउँ बस्ने २९ वर्षीय मोहम्मद अमिरबाब रहेका छन् ।

शेखको साथबाट १० ग्राम २०० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई कारबाहीका लागि प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ ।

Adv footer