बिर्तामोड, चैत ५ । झापाको मेचीगरमा जंगली बाँदरले आक्रमण गर्दा एकजना वृद्धा घाइते भएको प्रहरीले जनाएको छ । मेचीनगर –१३ चारआली चोककी एक वृद्धा घाइते भएकी हुन् ।

हिजो बिहान ७ः४० बजे आफ्नै घरको कोठाभित्र पूजा गर्ने क्रममा मेचीनगर-१३ चारआली चोक बस्ने ८४ वर्षीया हिमादेवी मरासिनीलाई बाँदरले टोकेको थियो ।
बाँदरले दुबै हातमा टोकेर घाइते बनाएपछि घाइते वृद्धालाई स्थानीय कार्की मेडिकलमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।





