२०८२ चैत्र ५ बिहीबार
Jhapa Today
Adv top

अर्जुनधाराबाट अवैध सामानसहित दुईजना नियन्त्रणमा


बिर्तामोड, चैत ५ । प्रहरीले झापाको अर्जुनधाराबाट अवैध सामानसहित दुईवटा टेम्पो र त्यसका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अर्जुनधारा नगरपालिका वडा नम्बर ६ स्थित चिया बगानमा पर्दा, सारी, कुर्था सुरुवाल, ढाका लगायतका विभिन्न किसिमका अन्दाजी ५ लाख मूल्य बराबरको कपडा फेला परेको थियो ।

आज बिहानको राति २ बजे इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले शनिश्चरेबाट बिर्तामोडतर्फ आउँदै टेम्पोहरुलाई शंका लागेर जाँच गर्दा ती सामान भेटिएको थियो ।

ती सामानसहित मे. १ ह ६३५५ नम्बरको टेम्पो तथा चालक मेचीनगर नगरपालिका वडा नम्बर ७ बस्ने ४० वर्षीय सुविन्द्र जोगी र मे. १ ह ७२९४ नम्बरको टेम्पो तथा चालक भोजपुर हतुवागढी गाउँपालिका ५ घर भई मेचीनगर ७ बस्ने ३५ वर्षीय भमदल राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer