
बिर्तामोड, चैत ५ । काठमाडौँको सामाखुसीमा मुख्य कार्यालय रहेको डेस्टिनी करियर एजुकेशन प्रालीले झापाको बिर्तामोडमा आफ्नो पहिलो शाखा विस्तार गरेको छ।
झापाबाट जापान अध्ययन र रोजगारीका लागि जानेहरूको चाप बढेसँगै विद्यार्थीको सहजताका लागि शाखा सञ्चालनमा ल्याइएको हो।
कम्पनीका सञ्चालक सुजन श्रेष्ठका अनुसार स्थापनाको तीन वर्षभित्र यस कन्सल्टेन्सीले १५० भन्दा बढी विद्यार्थीलाई जापान पठाइसकेको छ। “हामीले पठाएका विद्यार्थीहरू शतप्रतिशत सफल छन् र उनीहरू सबै हाम्रो नियमित सम्पर्कमा हुनुहुन्छ,” श्रेष्ठले दाबी गरे।
यस कन्सल्टेन्सीको विशेष विशेषता भनेको जापानमा आफ्नै रेस्टुरेन्टहरू सञ्चालनमा रहनु हो। जापान पुग्ने विद्यार्थीहरूलाई कम्पनीकै रेस्टुरेन्टमा आंशिक रोजगारी (Part-time job) दिइने सञ्चालकले बताए।
हाल जापानका विभिन्न सहरमा सेवा दिइरहेको यस संस्थाले निकट भविष्यमै टोकियो, नागोया र फुजीमा थप रेस्टुरेन्ट सञ्चालन गर्ने तयारी गरेको छ।
बिर्तामोड शाखा प्रमुख प्रकाश बानियाँले आगामी चैत १५ गतेदेखि दक्ष प्रशिक्षकहरूद्वारा भाषा कक्षा सञ्चालन हुने जानकारी दिए। कक्षाका लागि विद्यार्थीहरूको नाम दर्ता सुरु भइसकेको छ।
शाखा उद्घाटन समारोहमा कम्पनीका सल्लाहकार रोशन अधिकारी, सञ्चालकहरू श्रीकृष्ण श्रेष्ठ र सुशील डंगोलको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन बिर्तामोड शाखा सञ्चालक तिलक योञ्जनले गरेका थिए।





