बिर्तामोड, चैत ७ । दुई चक्के सवारी साधन टिभिएसको आधिकारिक बिक्रेता बिर्तामोडको पाथिभरा अटो लिंकले सञ्चालन गरेको ‘टिभिएस स्मार्ट एक्सचेन्ज’ आफरमा एक सयभन्दा बढी गाडी बिक्री भएको छ ।

चैत १ गतेदेखि चैत ६ गतेसम्म सञ्चालित विशेष अफरअन्तर्गत १०४ वटा मोटरसाइकल र स्कुटर बिक्री भएको हो कम्पनीले जनाएको छ ।
विशेष अफर भएकाले धेरै ग्राहकहरु आकर्षित भएका थिए । टिभिएस स्मार्ट एक्सचेन्ज एकदमै राम्ररी सम्पन्न भएको अटो लिंकका सञ्चालक सजेश शिवाकोटीले बताए ।
उनले पुरानो गाडीको लागि अहिलेसम्मकै उच्च मूल्यांकन गरी जुनसुकै ब्रान्ड र अवस्थाका बाइक वा स्कुटर एक्सचेन्ज गरिएको जानकारी दिए ।
बिर्तामोडको पश्चिम बस स्ट्यान्डस्थित हनुमान पेट्रोल पम्पमा टिभिएस स्मार्ट एक्सचेन्ज सञ्चालन गरिएको थियो ।




