२०८२ चैत्र ८ आइतबार
Jhapa Today
Adv top

ब्राउन सुगरसहित बिर्तामोडका प्रसाईं पक्राउ


बिर्तामोड, चैत ८ । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित झापा बिर्तामोडका एकजनालाई होटलबाट पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा बिर्तामोड ७ भुसाबारीका ५१ वर्षीय सन्तोष प्रसाईं रहेका छन् ।

हिजो दिउँसो १ः४० बजे बिर्तामोडस्थित सैनिकमोडमा रहेको सिटी होटल एन्ड लजबाट प्रसाईं पक्राउ परेका हुन् । उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बिर्तामोडमा अनुसन्धानका लागि राखिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी बिर्ताबारबाट खटिएको टोलीले जाँच गर्दा उनको साथबाट ९ वटा ससाना प्लाष्टिकको पोकामा ४४० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

Adv footer