२०८२ चैत्र ९ सोमबार
Jhapa Today
Adv top

सर्लाहीका मगर लागुऔषधसहित काँकरभिट्टामा पक्राउ


बिर्तामोड, चैत ९ । प्रहरीले झापाको काँकरभिट्टाबाट ठुलो परिणामको लागुऔषध ब्राउन सुगरसहित एकजनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर-४ सागरनाथ टोल घर भई हाल झापा अर्जुनधारा ११ बसपार्कमा डेरा गरी बस्ने ३१ वर्षीय सनम बुर्जा मगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भारतबाट हिजो साँझ ६ बजे ठुलो मात्रामा लागुऔषध भित्र्याउँदै गर्दा मगर मेचीनगर ६ स्थित पुरानो मेची पुलमा पक्राउ परेका हुन् ।

लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीट्यांकीबाट सिटी सफारीमा नेपालतर्फ आइरहेका मगरलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

उनको साथबाट ७३ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा अनुसन्धानका लागि राखिएको छ ।

Adv footer