२०८२ चैत्र ९ सोमबार
Jhapa Today
Adv top

मलद्वारमा ब्राउनसुगर ल्याउने धादिङ र सर्लाहीका दुईजना पक्राउ


बिर्तामोड, चैत ९ । प्रहरीले दुईजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । भारतबाट मलद्वारमा ठुलो मात्रामा लागुऔषध ब्राउन सुगर लुकाएर ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा धादिङ गंगाजमुना गाउँपालिका–५ का ४४ वर्षीय प्रकाश अधिकारी र सर्लाही ईश्वरपुर–४ सागरनाथ टोल घर भई हाल झापा अर्जुनधारा–११ बसपार्कमा डेरा गरी बस्ने ३१ वर्षीय सनम बुर्जा मगर रहेका छन् ।

अधिकारीलाई आज बिहान ८ बजे काँकरभिट्टास्थित मेचीपुलमा मलद्वारमा लागुऔषध लुकाएर ल्याउँदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सिटी सफारीमा नेपालतर्फ आइरहेका अधिकारीलाई सोधपुछ गर्दा मलद्वारभित्र लुकाइछिपाई ल्याएको ९ ग्राम ८३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

यसैबीच, भारतबाट हिजो साँझ ६ बजे ठुलो मात्रामा लागुऔषध भित्र्याउँदै गर्दा मगर मेचीनगर-६ स्थित पुरानो मेची पुलमा पक्राउ परेका हुन् । उनले पनि मलद्वारमा लुकाएर लागुऔषध ल्याएका थिए ।

लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीट्यांकीबाट सिटी सफारीमा नेपालतर्फ आइरहेका मगरलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

उनको साथबाट ७३ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा अनुसन्धानका लागि राखिएको छ ।

Adv footer