
बिर्तामोड, चैत १०। झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८, क्याम्पस मोडमा वृद्ध आमामाथि कुटपिट गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो आफ्नै ७९ वर्षीया आमा चन्द्रमाया घिमिरेलाई ३७ वर्षीय छोरा यशिस घिमिरेले निर्घात कुटपिट गरेका थिए । उक्त भिडियो सञ्चार माध्यम र सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय झापाले आरोपित घिमिरेलाई तत्काल नियन्त्रणमा लिएको हो।
पीडित वृद्ध आमाको उद्धार गरी उपचार भइरहेको छ भने पक्राउ परेका छोरामाथि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।




