२०८२ चैत्र १२ बिहीबार
Jhapa Today
Adv top

बुद्धशान्तिमा सखुवाको काँचो काठसहित लिम्बू पक्राउ


बिर्तामोड, चैत १२ । झापाको बुद्धशान्तिमा सखुवाको काँचो काठसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । सखुवाको गोलियासहित अटो र त्यसका चालक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बुद्धशान्ति-१ दामा बस्ने १७ वर्षीय संयोग लिम्बू रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय बुधबारेमा राखिएको छ ।

हिजो साँझ ७ः२० बजे बुद्धशान्ति–१ भोटेटारस्थित भोटेटार–बुधबारे पुलचोक भित्री सडकखण्डमा मे. १ ह ४१४४ नम्बरको अटोमा सखुवाको काँचो गोलिया अन्दाजी १० क्युफिट ल्याउँदै गरेको अवस्थमा नियन्त्रणमा लिइएको हो ।

इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी नायव निरीक्षक चन्द्रबहादुर राउतको कमाण्डमा खटिएको गस्ती टोली र रोङ सब डिभिजन वन कार्यालय इलामका सहायक वन अधिकृत होमचन्द्र गौतम नेतृत्वको टोलीले भोटेटारबाट बुधबारे पुलचोकतर्फ आउँदै गरेका लिम्बूलाई नियन्त्रणमा लिइएको हो ।

Adv footer