२०८२ चैत्र २० शुक्रबार
Jhapa Today
Adv top

नाकमा लागुऔषध ल्याउने भारतीय किशोर पक्राउ


बिर्तामोड, चैत १८ । प्रहरीले झापाको भद्रपुरबाट नाकमा लागुऔषध ल्याउँदै गर्दा बिर्तामोडका एकजना किशोरलाई नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड-४ बस्ने १८ वर्षीय अमर कुमार रहेका छन् । उनलाई आज साँझ भद्रपुर ५ मेचीपुलबाट पक्राउ गरिएको हो ।

पैदलयात्रा हुँदै नेपाल आउँदै गरेका कुमार भारत सुपोल त्रिवेणीगञ्ज १२ का स्थायी बासिन्दा हुन् । उनले नाकभित्र लुकाइछिपाई लागुऔषध ब्राउन सुगर ल्याएका हुन् ।

कुमारका साथबाट २ ग्राम ५५० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको छ । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।

Adv footer