२०८२ चैत्र २६ बिहीबार
Jhapa Today
Adv top

झापामा मेघगर्जनसहित वर्षा सुरु, दिनभर पानी पर्ने


बिर्तामोड, चैत २६ । हाल झापालगायत देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । झापाका विभिन्न स्थानमा बिहान ०७ः४० बजेदेखि मध्यम वर्षा सुरु भएको हो ।

वर्षासँगै सामान्य हावा र मेघगर्जन पनि जारी छ । आकाश बादलले पूरै ढाकेको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बादल लागेको हो ।

आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेशलगायत देशको हिमाली भूभागमा साधरणतया बादल लाग्ने, बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Adv footer