बिर्तामोड, चैत २७ । झापाको बिर्तामोड-९ स्थित धौला पुलमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक हल्दिबारी-२ बस्ने २८ वर्षीय नेत्र राजवंशीको दुवै हात र चिउँडोमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ ।

स्कुटर चालक बिर्तामोड-५ बस्ने २० वर्षीया टिकामाया तामाङको टाउकोमा भित्री चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको छ ।

दुवै घाइतेहरुको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको र दुवै सवारीसाधन नियन्त्रणमा लिई प्रहरी चौकी बिर्ताबजारमा राखिएको छ ।
हिजो साँझ ५ः५५ बजे बिर्तामोड-९ धौलापुलस्थित बिर्तामोड–भद्रपुर सडक खण्डमा बिर्तामोडबाट चन्द्रगढीतर्फ जाँदै गरेको मे ११ प ६५२१ नम्बरको मोटरसाइकल र बाटो क्रस गर्दै गरेको प्र १–०१–०१२प ६९२७ नम्बरको स्कुटर एकापसमा ठोक्किएका थिए ।




