२०८२ असार १८ बुधबार
Jhapa Today
Adv top

युनाइटेड स्तब्ध


झापा । इङलिस प्रिमियर लिगमा यो सिज खराब प्रदर्शनबाट गुज्रिएको म्यानचेस्टर युनाइटेड पुनः पुछारमा रहेको क्लबसँग स्तब्ध बनेको छ।

लिग तालिकाको अन्तिममा रहेको वार्टफोर्डसँग गएराति २-० को अप्रत्यासित हार बेहोरेसँगै युनाइटेड आठौं स्थानमा झरेको छ।

गएराति गोलरक्षक डेभिड डी जियाको गल्ती युनाइटेडका लागि महँगो सावित भयो। स्माइली सारले प्रहार गरेको साधारण बल जियाले चिप्ल्याएपछि वार्टफोर्डले ५०औं मिनेटमा अग्रता लिएको थियो। सारलाई नै एरोन वान बिसाकाले लडाएपछि ५४औं मिनेटमा पाएको पेनाल्टीलाई वार्टफोर्डका ट्रोय डिनीले गोलमा परिणत गरेर टोलीलाई २-० को अग्रता दिलाए। बाँकी समयमा दुवै पक्षबाट कुनै गोल हुन नसक्दा वार्टफोर्ड युनाइटेडमाथि जित निकाल्दै महत्त्वपूर्ण ३ अङ्‍क जोड्न सफल भयो।

अहिलेसम्म युनाइटेडले १८ खेलबाट २५ अङ्‍क जोडेको छ। जितका बाबजुत वार्टफोर्ड भने समान खेलबाट १२ अङ्‍क जोडेर सबैभन्दा अन्तिम स्थानमा रहेको छ। -एजेन्सी

Adv footer