२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड खेलकुद महोत्सवमा ४८१ पदक


बिर्तामोड । २०७६ सालको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छनोटका लागि बिर्तामोडमा नगरस्तरीय खेलकुद महोत्सव हुने भएको छ । प्रतियोगिता यही माघ २७ गतेदेखि फागुन २ गतेसम्म सञ्चालन हुनेछ ।
शुक्रबार नगर खेलकुद विकास समितिले पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सवको बारेमा जानकारी दिएको छ । मुल आयोजक समितिका संयोजक तथा खेलकुद विकास समितिका अध्यक्ष टिका संग्रौलाका अनुसार महोत्सवमा बिर्तामोडका ४० संस्थागत र ९ सामुदायिक विद्यालयको सहभागिता रहनेछ । महोत्सवमा हुने प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, टेबलटेनिस, ब्याडमिन्टन, बुद्धिचाल, बास्केटबल, एथ्लेटिक्स, कराते, तेक्वान्दो र कबड्डी गरी ११ विधा प्रतिस्पर्धा हुनेछ ।
१० लाख ७१ हजार रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगितामा कुल १६७ स्वर्ण, १६७ रजत र १४७ कास्य पदकमा अलगअलग स्पर्धा हुने खेलकुद विकास समितिका उपाध्यक्ष दुर्गाराज निरौलाले जानकारी दिए । विभिन्न विधाका प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको खेलकुद महोत्सवमा झन्डै एक हजार पाँच सय खेलाडीले ११ खेलमा भाग लिनेछन् । विजेता खेलाडीलाई नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रचारप्रसार समितिका संयोजक केशव भण्डारीका अनुसार प्रतियागिता डोमालाल राजवंशी रंगशाला, कनकाई मावि, नवोदय स्कुल, टावर टेम्पल स्कुल, महेन्द्ररत्न माविमा सञ्चालन हुनेछ । प्रतियोगितामा १२३ जना खेल प्रविधिक र अफिसियल रहनेछन् ।
प्रतियोगिता सम्पन्न गर्न नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । त्यस्तै, संग्रौलाको संयोजकत्वमा केशव भण्डारी, दुर्गाराज निरौला, प्रेम सुब्बा, सुरेन्द्र खरेल, धर्मराज माझी, दिनेशप्रसाद आचार्य, कृष्णप्रसाद पाठक र गोमा कटवाल रहेको नौ सदस्यीय मुल आयोजक समिति बनाइएको छ । प्रतियोगिता प्याब्सन र एनप्याब्सन बिर्तामोडको समन्वयमा हुन लागको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer