२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाले स्पेनमा फुटबल प्रशिक्षकको मृत्यु


झापा । कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट स्पेनमा फुटबल प्रशिक्षकको मृत्यु भएको छ । मालागास्थित एट्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमका २१ वर्षीय प्रशिक्षक फ्रान्सिस्को गार्सियाको कोरोनाको संक्रमणबाट मृत्य भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएको छ ।

भाईरसको गम्भीर लक्षण देखिएपछि उनलाई अस्पतालमा लगिएको थियो । अस्पतालमा उनलाई परीक्षण गर्दा ब्लड क्यान्सर भएको पत्ता लगाएका थिए । तर, त्यसपछि उनको उपचारकै त्रममा निधन भयो । विश्वमा फैलिरहेको कोरोना भाइरसबाट मृत्यु हुने उनी विश्वकै कान्छो उमेरका व्यक्ति भएको अनुमान गरिएको छ ।

स्पेनले पछिल्लो हप्ता आपतकालिन अवस्थाको घोषणा गरेको थियो । युरोपेली देशमा स्पेन कोरोनाबाट प्रभावित दोस्रो राष्ट्र हो ।
यहाँ करिब ९ हजार १ सय ९० जनामा कोरोनाको संक्रमण देखिएको छ । त्यस्तै ३०९ जनाको ज्यान गएको छ । मलागामा कोरोनाबाट मृत्यु हुने गार्सिया पाँचौ व्यक्ति हुन् । -एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer