२०८१ मंसिर १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

युनिकमद्वारा कर्मचारीको सुरक्षा माग


बिर्तामोड, चैत १४ । नेपाल व्यापार कर्मचारी संघ (युनिकम नेपाल) ले कोरोना भाइरसका कारण लक डाउनको अवस्थामा व्यापार क्षेत्रमा काम गर्ने कर्मचारीलाई सुरक्षित पोशाक र सामग्री उपलब्ध गराउन माग गरेको छ ।

शुक्रबार संघका केन्द्रीय अध्यक्ष गजन्ेद्र पौडेलले विज्ञप्ति निकालेर लक डाउनका समयमा ट्रेड बिजनेसमा क्षेत्रमा काम गर्ने कर्मचारीलगायत सम्पूर्ण व्यापार क्षेत्रमा काम गर्ने कर्मचारीको जीवन कष्टकर बन्दै गएको पनि जनाएको छ । संघले दैनिक आवश्यकीय सामान बेच्ने सेल्स पर्सन अझ बढी जोखिममा रहेको कुराप्रति ध्यान पुर्याउन सरकारलाई भनेको छ ।

त्यस्तै, मासिक तलबमा काम गर्ने कर्मचारीको सामाजिक सुरक्षाको ग्यारेन्टीको माग पनि संघले गरेको छ । सबैभन्दा बढी मारमा दैनिक ज्यालादारी गर्ने मजदुर परेको हुँदा उनीहरुलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसमक्ष संघले जोडदार माग गरेको छ । त्यस्तै, कम्पनी प्रतिनिधिको रूपमा काम गर्ने बजार प्रतिनिधिको मासिक तार्गेट खारेज गरी तलब सुविधाको व्यवस्था गर्न कम्पनीसँग माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer