२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाबाट विश्वभर ६३ लाख ६१ हजार संक्रमित, ३ लाख ७७ हजारको मृत्यु


बिर्तामोड, जेठ २० । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार १५० पुगेको छ । हालसम्म ६३ लाख ६१ हजार ५३९ जनामा कोभिड १९ पुष्टि भएको छ । २९ लाख ६७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार विश्वका २१३ मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र १ लाख २ हजार २८९ जनामा देखिएको छ भने ३ हजार १२ जनाको निधन भएको छ ।

बीचमा केही स्थिर रहेको संक्रमण ब्राजिल, रसिया, भारत, इरान, चिली, पेरु, मेक्सिको, बेलायत, साउदी अरेबिया, पाकिस्तान, बंगलादेश, कतार, दक्षिण अफ्रिका, कोलम्बिया, इजिप्ट लगायत देशमा तीव्र गतिमा फैलिइरहेको छ । अमेरिकामा पनि संक्रमण दरमा सुधार आउन सकेको छैन ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २१ हजार ९३१ जना नयाँ संक्रमित फेला परेका छन् । ब्राजिलमा १४ हजार १६९, रसियामा ९ हजार ३५, पेरुमा ५ हजार ५६३, भारतमा ७ हजार ७६१, चिलीमा ५ हजार ४७१, मेक्सिकोमा ३ हजार १५२, पाकिस्तानमा २ हजार ९६४, कतारमा १ हजार ५२३, इरानमा २ हजार ९७९, बेलायतमा १ हजार ५७०, बंगलादेशमा २ हजार ३८१, दक्षिण अफ्रिकामा १ हजार ६७४, साउदी अरेबियामा १ हजार ८८१, कोलम्बियामा १ हजार ११० र इजिप्टमा १ हजार ३३९ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा १८ लाख ५९ हजार १०१ जना संक्रमित पुगेका छन् । जम्मा संक्रमितमध्ये केवल अमेरिकामै एकतिहाइ रहेका छन् । त्यहाँ संक्रमण रोकिने छाँटकाँट देखिएको छैन ।

त्यसपछि ब्राजिलमा ५ लाख २९ हजार १८, रसियामा ४ लाख १४ हजार ८७८, स्पेनमा २ लाख ८६ हजार ७१८, बेलायतमा २ लाख ७६ हजार ३३२, इटलीमा २ लाख ३३ हजार १९७, फ्रान्समा १ लाख ८९ हजार २२०, जर्मनीमा १ लाख ८३ हजार ७६५, पेरुमा १ लाख ७० हजार ३९, टर्कीमा १ लाख ६४ हजार ७६९, इरानमा १ लाख ५४ हजार ४४५ र चिलीम १ लाख ५ हजार १५९ जना संक्रमित पुगेका छन् ।

यसअघि संक्रमण दर उच्च रहेका स्पेन, इटली, फ्रान्स, जर्मनी लगायत मुलुकमा केही दिनयता कोरोनाको संक्रमण दर घट्दो क्रममा छ ।

यसैबीच, संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या १ लाख ६ हजार ९२३ पुगेको छ । बेलायतमा ३९ हजार ४५, इटलीमा ३३ हजार ४७५, ब्राजिलमा ३० हजार ४६, फ्रान्समा २८ हजार ८३३, स्पेनमा २७ हजार १२७, मेक्सिकोमा ९ हजार ९३०, बेल्जियममा ९ हजार ४८६, जर्मनीमा ८ हजार ६१८, इरानमा ७ हजार ८७८, क्यानाडामा ७ हजार ३२६, नेदरल्यान्ड्समा ५ हजार ९६२, रसियामा ४ हजार ८५५ र टर्कीमा ४ हजार ५६३ जनाले ज्यान गुमाइसकेका छन् ।

चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १६ जना मात्र संक्रमित देखिएका छन् । त्यहाँ संक्रमित ८३ हजार १७ जना छन् ।

दक्षिणी छिमेकी मुलुक भारत संक्रमित संख्याको आधारमा सातौँ स्थानमा छ । त्यहाँ संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ । भारतमा तीव्र गतिमा कोरोनाको संक्रमण फैलिरहेको छ ।

भारतमा अहिलेसम्म १ लाख ९८ हजार ३७० जना संक्रमित पुष्टि भएको छ । ५ हजार ६०८ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा २०० जनाको मृत्यु भएको छ ।

यसैबीच, विश्वभरिको तथ्याड्ढ हेर्ने हो भने उपचार फाइल बन्द गरिएकामध्ये सफल उपचार भएर घर फर्किनेको संख्यामा सुधार आएको छ । तीन साताअघि फाइल बन्द गरिएकामध्ये ७९ प्रतिशत निको भएका र बाँकी २१ प्रतिशत निधन भएका थिए ।

तर, केही दिनयताको तथ्याड्ढ हेर्ने हो भने उत्साहजनक देखिन्छ । फाइल बन्द भएकामध्ये ८८ प्रतिशत निको भएर घर फर्किएका छन् भने मृत्यु हुनेको संख्या १२ प्रतिशतमा झरेको छ ।

एक साताअघि सम्म घर फर्किनेको प्रतिशत ८६ थियो । दुई दिनअघि सम्म निको हुनेको संख्या ८७ प्रतिशत थियो । त्यस्तै, दयनीय अवस्थाका बिरामीको संख्या पनि घट्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer