२०८१ असोज ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

साढे छ लाखको अवैध सामान बरामद


बिर्तामोड, साउन ७ । सशस्त्र प्रहरी बल नेपालले झापाको मेचीनगर क्षेत्रको सीमा इलाकाबाट भन्सार छलेर ल्याइँदै गरेको अवैध सामान बरामद गरेको छ ।

मंगलबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म काँकरभिट्टाबाट परिचालित टोलीले मेचीनगर–१५ ज्यामिरगढी इलाकामा अवैध सामान बरामद गरेको हो । प्रहरीले छ लाख ४० हजार ८५० रुपैयाँबराबरको अवैध सामान बरामद गरेको छ ।

सूचना अधिकृत सशस्त्र प्रहरी नायव उपरीक्षक द्रोणविक्रम शाहका अनुसार विभिन्न किसिमको औषधिहरु २ बोरा र लत्ताकपडा ३ बोरा बरामद गरेर मंगलबार नै मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।

झापाका टाघनडुब्बा, गौरीगञ्ज, भागडुब्बा, केचना र काँकरभिट्टाका विभिन्न नाकाहरुबाट अवैध सामान आउने गरेको र प्रहरीले रोक्न खोज्दा तस्करसँग भिडन्त समेत हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer