२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस ११ देखि


 काठमाडौँ, पुस ७ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । महिला र पुरुष दुवैको प्रधानमन्त्री कप पुस ११ गतेदेखि सुरु हुने भनिए पनि क्यानले महिलातर्फको तालिका सार्वजनिक गरेको हो ।

उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश नम्बर २ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । २० ओभरमा हुने प्रतियोगिता दाङको लमहीमा यही ११ गतेदेखि सुरु भएर १९ गते सकिनेछ । प्रतियोगितामा हरेक दिन दुईवटा प्रतिस्पर्धा हुनेछन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघको आयोजनामा हुने प्रतियोगितामा ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा विभागीय क्लब एपीएफ, प्रदेश २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् भने समूह ‘बी’ मा सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर १ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer