बिर्तामोड, माघ ११ । झापाको कनकाई नगरपालिकाले माई नदीको घाटमा विद्युतीय शवदाह गृह निर्माणका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
पवित्र कनकाई नदीको पूर्वी किनारमा रहेको कनकाई घाटको छैटौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नगरप्रमुख राजेन्द्र पोखरेलले आवश्यक प्रक्रिया अघि बढाउने नगरपालिकाको तर्फबाट पहिलो चरणमा सो रकम उपलब्ध हुने बताए ।
उनले वातावरणको शुद्धतामा जोड दिन र विद्युतीय शवदाह गृह निर्माणमा एक जुट हुन सम्बन्धित सबैमा आग्रह समेत गरे । अव्यवस्थित दाहसंस्कारबाट वातावरणमा समेत असर पु¥याएको जनाउँदै कनकाई नगरपालिकाले सो पहल सुरु गरेको हो ।
२०६७ सालमा स्थापना भएको सो घाटमा हालसम्ममा पाँचवटा चितास्थल सञ्चालनमा आएको घाट समितिका अध्यक्ष प्रभाखर कडरियाले बताए । संस्थाका संस्थापक, आजीवन, संरक्षक र सहयोगी सदस्यबाट प्राप्त रकमबाट दुई शव दाहस्थल निर्माण भएको हो भने बिर्तामोड निवासी तिलरुपा खड्काले जगत खड्काको स्मृतिमा तेस्रो चितास्थल निर्माण गरिदिएका हुन् ।
त्यस्तै, मारवाडी सेवा समिति बिर्तामोडबाट चौथो र बिर्तामोड निवासी द्वारिकालाल मित्तलका सुपुत्र प्रदीप मित्तल र परिवारबाट पाँचौँ चितास्थल निर्माण भई सञ्चालनमा आएको संस्थाका अध्यक्ष कडरियाले जानकारी दिए ।