२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

ढल्यो एउटा झापाली इतिहास


बिर्तामोड, चैत ११ । नेपाली राजनीतिको अग्रणी महिला नेतृ तथा प्रजातान्त्रिक समाजवादका योद्धा, नेपाली कांग्रेसका नेता सिके प्रसाईं (भरत बाबु) की धर्मपत्नी गिरीराजकुमारी प्रसाईंको मंगलबार बेलुका निधन भएको छ ।

उनको उपचारको क्रममा बिर्तामोडको बिएन्डसी अस्पतालमा मंगलबार राति १०ः३० बजे ९० वर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ । स्वासप्रस्वासमा समस्या आएपछि उनलाई एक साताअघि अस्पताल भर्ना गरिएको थियो ।

अस्पताल स्रोतका अनुसार स्वर्गीय प्रसाईंको फाक्सोमा मध्यम खालको निमोनिया देखिनुका साथै रगत र पिसाबमा संक्रमण पत्ता लागेको थियो । उनको स्वास्थ्यमा केही सुधार भए पनि पुनः अस्थीर रहेको थियो ।

सिके प्रसाईंसँगै राजनीतिमा होमिएकी उनी २०५१ सालको आम निर्वाचनमा झापा साविक क्षेत्र नम्बर २ बाट संसदीय निर्वाचनमा हालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेकी थिइन् ।

तर, पार्टीकै गुटगत राजनीतिका कारण उनी पराजित भएको अहिले पनि टिप्पणी गरिन्छ । स्वर्गीय प्रसाईंको जन्म विसं १९८८ साल कात्तिक १७ गते ललितपुरको कुमारीपाटीमा बुबा क्याप्टेन गञ्जबहादुर र आमा चन्द्रकुमारी कार्कीका १३ सन्तानमध्ये माइली छोरीको रुपमा भएको थियो ।

स्वर्गीय प्रसाईंका छोरा विवेककेशरी, बुहारी संगीता, छोरीहरू रमिता र नम्रतासिंह छन् । उनका तीन नाति र दुई नातिनी रहेका छन् । दिवंगत प्रसाईंको आज बुधबार दिउँसो १ बजे कनकाई माईमा अन्त्येष्टि गरिने पारिवािरक स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer