२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

नेपाल सुपर लिगः काठमाडौँको विजयी सुरुवात


सन्जोक राई गोल अघि बढाउँदै । तस्वीर साभार अनलाइनखबर

झापा, बैशाख ११ । खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौँ रेजर्सले विजयी सुरुवात गरेको छ ।

ललितपुर सिटी एफसीलाई १–०ले हराउँदै काठमाडौँले घरेलु फुटबलको पहिलो फ्रेन्चाइज लिगमा जितबाट सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ६६ औँ मिनेटमा मेसौके ओलुमोउको गोलबाट काठमाडौँले अग्रता बनाएको थियो ।

त्यही गोल खेलको निर्णायक बन्यो । एनले अर्का विदेशी खेलाडी स्टेफन समिरले प्रहार गरेको बललाई गोलरक्षकले रिबाउन्ड गरेको बललाई पोष्टको दिशा दिएका थिए ।

त्यसअघि खेलको ३३ औँ मिनेटमा काठमाडौँका स्टेफनको प्रहार बारमा लागेर फर्कदा अग्रता बनाउनबाट चुकेको थियो । खेलको ७१ औँ मिनेटमा ललितपुरका नुर्लान जहिदले गरेको प्रहार गोलरक्षक विकेश कुथुले राम्रो बचाउ गरे । दोस्रो हाफको अतिरिक्त समयमा गरेको दुई प्रहारलाई विकेशले रोक्दा ललितपुरले बराबरी गर्न सकेन ।

काठमाडौँले ३ विदेशी खेलाडी मैदान उतार्दा ललितपुरको साथमा २ विदेशी खेलाडी थिए । काठमाडौँका सन्जोक राई म्यान अफ द म्याच र विश्वास श्रेष्ठ उदीयमान खेलाडी घोषित भए । सन्जोकले २५ हजार र विश्वासले १० हजार रुपैयाँ प्राप्त गरे ।

एनएसएलमा आइतबार विराटनगर सिटी एफसी र धनगढी एफसीबीच खेल दिउँसो २ः३० बजे खेल सुरु हुनेछ । आइतबार नै साँझ ५ः३० बजे दोस्रो खेलमा लुम्बिनी एफसीले पोखरा थन्डर्सको सामना गर्नेछ ।

घरेलु फुटबलमा पहिलोपटक आयोजित फ्रेन्चाइज फुटबलमा ७ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् ।

व्यक्तिगत विधातर्फका उत्कृष्टले जनही १ लाख तथा उत्कृष्ट युवा खेलाडीले पनि १ लाख रुपैयाँ हात पार्नेछन् । हरेक खेलको म्यान अफ द म्याचले २५ हजार रुपैयाँ पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer