२०८२ जेठ २६ सोमबार
Jhapa Today
Adv top

झापामा प्लाज्मा रगतदान अभियान सुरू


बिर्तामोड, बैशाख २५ । सामाजिक संस्था सुरूवाती कोठा नेपालको सहजीकरणमा कोरोना भाइरसबाट प्रभावित बिरामीको लागि प्लाज्मा रगतदान अभियान सुरू गरिएको छ ।

कोरोनाबाट गम्भीर अवस्थाका बिरामीको उपचारमा कोरोना भाइरसबाट प्रभावित भई निको भएका व्यक्तिको प्लाज्मा रगत विशेष हुने भएकोले यो अभियान सुरू गरिएको हो । साथै, विभिन्न प्रकारका बिरामीका लागि रगत खोजी, औषधि उद्धारकार्य लगायतका क्षेत्रमा सहजीकरण गरिने संस्थाका संयोजक दिपक दासले बताए ।

उनका अनुसार कोरोना भाइरसबाट प्रभावित बिरामीका लागि प्लाज्मा रगत रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने हुनाले १ नम्बर प्रदेशका बढी प्रभावित जिल्लालाई लक्षित गरी अभियान सुरू गरिएको हो ।

संस्थाले रगत तथा प्लाज्मा दान गर्ने दाताहरुका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड सहित निःशुल्क यातायात सुविधा उपलब्ध गर्ने बताइएको छ ।

अभियानमा इमर्जेन्सी रेस्पोन्स सेन्टर, न्याय तथा विकासका लागि सामाजिक सञ्जाल र चेम्बर अफ कमर्स झापाले सहयोगी भूमिका खेल्नेछ भने रेडक्रस झापाको प्राविधिक सहयोग रहने प्लाज्मा रगत व्यवस्थापनका फोकल पर्सन विष्णु आचार्यले जानकारी दिए ।

विभिन्न क्षेत्रमा सक्रिय रूपमा इमर्जेन्सी रेस्पोन्स सेन्टर, न्याय तथा विकासका लागि सामाजिक सञ्जाल, सुरूवाती कोठा नेपाल लगायतका सामाजिक संस्थाहरूले गत वर्षको कोरोना भाइरसको विकराल अवस्थामा रगत खोजीकार्य, मानवीय उद्धार, औषधि, राहत वितरणको क्षेत्रमा सहजीकरण गर्दै आएको छ ।

Adv footer