२०८२ जेठ ११ आइतबार
Jhapa Today
Adv top

बिनादर्ता औषधि बेच्ने तीनजना दमकबाट पक्राउ


बिर्तामोड, साउन २२ । इजाजत बिना तथा दर्ता नगरी औषधि बिक्री गर्ने तीनजनालाई झापाको दमकबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दमक-७ निवासी २६ वर्षीय दिपेश खड्का, दमक-६ निवासी ३३ वर्षीय रोशनकुमार साह र इलाम जिल्ला साबिक दानाबारी गाविस ७ घर भई हाल दमक-८ निवासी २६ वर्षीय सञ्जीव सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

दमक- ७ स्थित पशु हाटमा बिनाइजजात धेरै परिणाममा औषधिहरू बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई औषधि सहित पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरूको साथबाट ट्रामाडोल हाइड्रोक्लोराइड नामक क्याप्सुल ८ हजार ५६० पिस र स्पासीपिन ट्याब्लेट ७ हजार पिस औषधि बरामद गरेको जनाइएको छ ।

प्रहरीले उनीहरूले प्रयोग गरेको प्र १-०१-०१२ प ८५३५ नम्बरको स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीको आइतबार औषधि व्यवस्था विभाग कार्यालय विराटनगर पठाइएको डिएसपी रिजालले बताए ।

Adv footer

हाम्रो बारेमा

झापाली भूगोलको खबर प्रवाह गर्ने उद्देश्यले प्रकाशन हुँदै आएको यस अनलाइन समाचार पोर्टलमा राजनीतिक समाचार भने प्रकाशन हुँदैन । समाजका सफलताका कथा, खेलकुद, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन, साहित्यलाई यस अनलाइनले प्राथमिकता दिनेछ ।

सम्पर्क

झापा टुडे मिडिया प्रा.लि.
बिर्तामोड-१, झापा
मोबाइल : ९८५२६७१६७९
इमेल : [email protected]
[email protected]

हाम्रो टिम

अध्यक्ष/सम्पादकः हिमाल खरेल
निर्देशक/समाचार प्रमुखः विनिशा शर्मा
बजार/विज्ञापन प्रमुखः विशाल खरेल
फाेटाे/भिडियो: दिपेन्द्र कटुवाल