२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

अन्तर्राष्ट्रिय युवा दिवसमा ‘ट्राफिक सचेतना तथा दुर्घटना न्यूनीकरण अभियान’


मेचीनगर, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा चारआलीस्थित प्रतिभा युवा क्लबको आयोजनामा आज ९शनिबार० ‘ट्राफिक सचेतना तथा दुर्घटना न्यूनीकरण अभियान’ चारआलीमा सम्पन्न भएको छ ।

प्रमुख अतिथि प्रदेशसभा सदस्य सविना बजगार्ईं रहेको कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, ट्राफिक प्रहरी, प्रहरी चौकी चारआली, टोल विकास संस्थाका पदाधिकारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको थियो ।


प्रमुख अतिथि बजगार्ईंले पूर्वको चौबाटो निकासको केन्द्रको रुपमा रहेको चारआली बजारलाई व्यवस्थित गर्नसके सवारी दुर्घटना न्यूनीकरण हुने बताइन् । त्यसका लागि स्थानीय राजनीतिक दल, संघसंस्था, नागरिक समाज सबै लागि पर्नुपर्ने आवश्यक रहेको उनको भनाइ थियो ।

अजय आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भोजराज पराजुलीले गरेका थिए । कार्यक्रमअन्तर्गत दुर्घटना न्यूनीकरण गर्न चेतनामुलक ट्राफिक नियमसँग सम्बन्धित पर्चा, पम्प्लेट, ब्रुसर र स्टिकर बाटोको किनार तथा सार्वजनिक सवारी साधानमा टाँस गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer