बिर्तामोड, साउन ३२ । व्यापक जनविरोध भएपछि बिर्तामोड नगरपालिका कर बृद्धि गर्ने आफ्नो निर्णयबाट पछि हटेको छ । बिर्तामोड नगरपालिकाले अघिल्लो वर्षकै करलाई यथावत राख्ने निर्णय गरेको हो ।
आज बसेको कार्यपालिका बैठकले यसअघि यो वर्षबाट लागु हुनेगरी बढाइएको सम्पत्ति कर फिर्ता गर्ने निर्णय भएको नगरप्रमुख पवित्रादेवी महतारा प्रसाईंले निकालेको विज्ञप्तिमा जनाइएको छ ।