२०८१ माघ १ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

चिन्ताबाट उम्किने तरिका


बिर्तामोड, भदौ १७ । पीरचिन्ता कोसँग हुँदैन ? कतिबेला चिन्ताको बाढीले सताउँछ भन्ने विषयमा कुनै पूर्वजानकारी पनि हुँदैन । काम, कार्यालय वा घरकै काम गर्दागर्दै कुनै दुःखद खबर सुन्नु भयो भने चिन्ता बढ्न सक्छ । चिन्ता बढ्दा मुटुको धड्कन बढ्छ, पसिना खलखली आउँछ र मन अशान्त हुन्छ ।

–चिन्ता बढेपछि १५ मिनेट जति बिस्तारै हिँड्नुहोस् । आफैँ चिया बनाएर पिउनुहोस् वा नुहाउनुहोस् । जब तपाईं शारिरिक रुपमा शान्त हुनुहुन्छ अनि मात्र काम सुरु गर्नुहोस् ।

–त्रास र चिन्ता बढिरह्यो भने पनि मनमा अनावश्यक प्रतिक्रिया नजनाउनुहोस् । जहाँ बस्नुभएको छ, त्यहीँ शान्त भएर श्वास प्रश्वास लिनुहोस् । हत्केलाालई पेटमाथि राख्नुहोस् र केही सकेन्ड बिस्तारै र गहिरो श्वास लिनुहोस् (एक मिनेटमा १२ पटकभन्दा बढी श्वास नलिनुहोस्) । आधा घन्टा यस्तै गर्नुभयो भने तपाईंको चिन्ता भाग्छ ।

–खराब कुरालाई पनि स्वागत गर्नुहोस् । सबै कुरा तपाईंले सोचे जस्तो हुँदैन । किनकि जीवनमा घट्ने घटनाहरु परिवर्तन भइरहन्छन् । कुनै पनि कुरा लामो समय सम्म टिक्दैन र सबै क्षणिक हुन भन्ने मनन गर्नुहोस् । हरेक कुरालाई सकरात्मक रुपमा लिनुहोस् । सकरात्मक सोचाइले मात्र पनि तपाईंका अधिकांश चिन्ता अन्त्य हुन्छन् ।

–हरेक कुरामा पूर्णता नखोज्नुहोस् । उदाहरणको लागि तपाईं कुनै पेसामा मानौँ चिकित्सक हुनुहुन्छ । तपाईंले ‘यदि म संसारमा सबैभन्दा राम्रो चिकित्सक भइनँ भने जीवनमा बर्बाद हुन्छु’ भन्ने सोच छ भने अहिल्यै त्याग्नुहोस् । यसको अर्थ यो होइन कि तपाईंले केही नगर्नुहोस् । परिश्रम गर्नुहोस् तर परिणामको धेरै आशा नगर्नुहोस् । बढी महत्वाकांक्षी नहुनुहोस् । जीवनलाई सरल रुपमा लिनुहोस् । जीवन दुःख र सुःखको समिश्रण भएकोले जीवनमा पूर्णता खोज्नु असम्भव छ । खराब समय आइरहन्छ । यसलाई पनि स्वागत गर्न सिक्नुहोस् ।

–साह्रै चिन्ता बढेमा आँखा बन्द गर्नुहोस र सुरक्षित र शान्त ठाउँको कल्पना गर्नुहोस् । समुन्द्रको किनारमा वा पाल्तु जनावरसँग खेलेको वा बाल्यकालको खुसीको क्षणको परिकल्पना गर्नुहोस्। अतितको खुसीमा रमाउन सिक्नुहोस् । अतीतका रमाइला घटनाले पनि तपाईंलाई शान्त र खुसी बनाउँछ ।

–आफूलाई परेको चिन्ता अरुलाई पनि सुनाउनुहोस् । आफ्नो नजिकको पार्टनर, साथी वा परिवारका सदस्यहरुलाई पनि दुःख बाँड्नुहोस् । ‘सुःख बाँडे धेरै दुःख बाँडे थोरै भन्ने पश्चिमेली भनाईलाई पनि पालना गर्नुहोस् । यदि यसबाट पनि सम्भव भएन स्वास्थ्यकर्मी वा मनोचिकत्सकहरुले आयोजना गरेको काउन्सिलिङमा सहभागी हुनुहोस् ।

–राम्रो निद्रा, भोजन तथा व्यायामले पनि चिन्तालाई निको पार्छ । निदाउने समयमा चिन्ताले सताएमा बल गरेर निदाउने प्रयास नगर्नुहोस् । बेडबाट उठेर मनतातो पानी खानुहोस् । कतिपय मानिस मस्त निदाउनकै लागि सुत्ने समयमा मदिरा वा त्यस्तै औषधि खाने गर्छन् । तर, यसले स्वास्थ्मा नकरात्मक असर पार्छ । चिकित्सकको सल्लाहअनुसार मात्र निद्रा लाग्ने औषधि खानुहोस् ।

-एजेन्सीको सहयोगमा

Comments are closed

Adv footer