२०८१ असोज ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बाहुनडाँगी जेसीजको उत्कृष्ट नारी सम्मान प्रधानाध्यापक शान्ता निरौलालाई


मेचीनगर, भदौ २७ । बाहुनडाँगी जेसीजले यो वर्षको उत्कृष्ट नारी सम्मान मेचीनगर २ निवासी शान्ता निरौलालाई प्रदान गरेको छ ।

शाखाका पूर्वअध्यक्ष दिपक बरालकी आमा चन्द्रकला बरालको स्मृतिमा स्थापना गरिएको चन्द्रकला बराल स्मृति अक्षयकोषबाट दिपेन्द्र प्राविकी प्रधानाध्यापक निरौलालाई प्रदान गरिएको हो ।

बाहुनडाँगी जेसीजको १३ औँ स्थापना दिवस तथा जेसीज सप्ताहको समापन समारोहको अवसर निरौलाई नगद ५ हजार १ सय, दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । निरौलाले २०६१ सालदेखि दिपेन्द्र प्राविको प्रधानाध्यापकको जिम्मेवारी रहेर काम गर्दै आएकी छन् ।

त्यस्तै, २०७९ सालको एसइइमा साविक बाहुनडाँगी गाविसबाट उत्कृष्ट जिपिए ल्याउने मेची जनसाधारण माविका विद्यार्थीहरु रिश्ता नेपाल र किस्मत दाहाललाई नगदसहित सम्मान गरिएको छ ।

जेसीज सप्ताहमा भएका कार्यक्रमहरुको उत्कृष्ट संयोजकको अवार्ड सचिव सुष्मा मिश्रलाई प्रदान गरिएको थियो । मुल कार्यक्रम संयोजक सामुल राया, कार्यक्रम संयोजकहरु सुस्मिता खतिवडा, सुष्मा मिश्र, विदात गिरी, सागर भारती, किरण गौतम, चित्रबहादुर श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरिएको थियो । सम्मान कार्यक्रम शाखाका बोर्ड अफ डाइरेक्टर देवु बानियाँले सञ्चालन गरेका थिए ।

शाखाका अध्यक्ष केवल निरौलाको अध्यक्षता तथा प्रदेशसभा सदस्य गोपाल तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, वडा नम्बर २ का वडा अध्यक्ष दिपक बराल, नेपाल जेसीजका उपाध्यक्षहरु स्वस्तिका आचार्य, भीमबहादुर कुँवर, वीरबहादुर बेघा, सम्मानित व्यक्ति शान्ता निरौला, राजन चिमरिया, शाखाका निवर्तमान अध्यक्ष सिनेटर हेमन्त मोक्तानलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मुल कार्यक्रम संयोजक सामुल रायाले स्वागत, कार्यकारीणी उपाध्यक्ष सुस्मिता खतिवडाले आस्थापाठ र सचिव सुष्मा मिश्रले मिसन भिजन गरेको कार्यक्रमको सञ्चालन महासचिव नित्यानन्द चम्लगाईंले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer