२०८१ पुष १९ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

‘आदर्श चिन्तन’ मार्फत छात्रालाई क्षमता विकास तालिम


बिर्तामोड, असोज ७ । अध्ययनसँगै समाजमा रचनात्मक अतिरिक्त क्रियाकलाप गर्दै आएको झापा बिर्तामोडको आदर्श स्कुल अफ म्यानेजमेन्टले ‘आदर्श चिन्तन’ मार्फत विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

छात्रा विद्यार्थीको क्षमता, व्यक्तिगत विकास, बोल्ने तथा हिँड्ने शैली, आत्मविश्वास, महिला सशक्तीकरण जस्ता विषयमा नेपालकै चर्चित कार्यक्रम प्रस्तोता तथा पूर्वमिस नेपाल सुगरिका केसीले प्रशिक्षण दिएकी थिइन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी केसीले महिलाहरुले आफूसँग भएको जुनसुकै क्षमतालाई अवसरको रुपमा लिनुपर्ने बताइन् ।

कलेजकी एकेडेमिक कोअर्डिनेटर विजया भण्डारीको अध्यक्षतामा भएको आदर्श चिन्तन कार्यक्रममा कलेजकी बेकेरी विभाग प्रमुख अनुषा ढकाल खरेलले स्वागत तथा औचित्यबारे प्रकाश पारेकी थिइन् ।

कार्यक्रमको सञ्चालन कलेजका अतिरिक्त क्रियाकलाप प्रमुख दिपक दासले गरेको थिए । कलेजका इभेन्ट म्यानेजर किरण बस्नेतका अनुसार कार्यक्रममा सुरुवाती कोठा नेपाल, आदर्श ब्यांक्वेट, पाटा स्टुडेन्ट च्यापटरलगायतको सहकार्य रहेको थियो ।

Comments are closed

Adv footer