बिर्तामोड, असोज ८ । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका सहायक प्रशिक्षक तथा पूर्वराष्ट्रिय खेलाडी प्रवेश कटुवाललाई मातृशोक परेको छ ।
सैनिक युथ क्लबका उपाध्यक्ष समेत रहेका कटुवालकी आमा ईन्द्रमाया कटुवालको आइतबार साँझ ७ बजे उपचारको क्रममा बिर्तामोडस्थित मनमोहन अस्पतालमा निधन भएको हो । उनी मिर्गाैलासम्बन्धी रोगबाट पीडित थिइन् ।
२०१५ सालमा जन्मिएकी ईन्द्रमायाका प्रवेश र गणेश गरी दुई छोरा, एक छोरी र श्रीमान छन् । एक छोरीकोे पहिल्यै निधन भइसकेको जनाइएको छ । कटुवाल परिवार स्थायी बसोबास बिर्तामोड–१० सैनिक बजारमा रहेको छन् ।