२०८१ असोज ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कक्षा ११ र १२ को वार्षिक तालिका सार्वजनिक


बिर्तामोड, असोज १६ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षासम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

जसअनुसार शैक्षिक सत्र २०८०–०८१ का लागि कक्षा ११ मा भर्ना भएका विद्यार्थीले रजिस्ट्रेसन फाराम पुस १५ गतेभित्र भर्ने र माघ १५ गतेभित्र विद्यालयले बुझाउने गरी कार्यतालिका बनाइएको छ ।

यसैगरी पुस १ गतेबाट सम्बन्धित विद्यालयलाई परीक्षा आवेदन फाराम वितरण गरिनेछ भने माघ १५ गतेभित्र आवेदन बुझाउने गरी कार्यतालिका बनाइएको छ ।

बोर्डका अनुसार कक्षा १२ को परीक्षा २०८१ बैशाख दोस्रो सातादेखि सुरु हुनेछ भने कक्षा ११ को ग्रेडवृद्धि परीक्षा वैशाख तेस्रो सातादेखि सुरु हुनेछ ।

त्यस्तै, कक्षा ११ को परीक्षा जेठ पहिलो सातादेखि सञ्चालन गर्नेगरी कार्यतालिका बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer