२०८२ बैशाख ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

दुधेमा प्रधानाध्यापकलाई थप्पड हान्ने सेवानिवृत्त शिक्षक पक्राउ


बिर्तामोड, असोज १९ । झापाको शिवसताक्षी नगरपालिका दुधेमा रहेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक कुटिएका छन् ।

विद्यालयको लेखा शाखामा रहेका प्रधानाध्यापक लालमणि सुवेदीलाई सोही विद्यालयमा यसअघि कार्यरत शिक्षक गणेश भण्डारीले थप्पड हानेका हुन् । उनी असोज ३ गते मात्र सेवानिवृत्त भएका थिए ।

भण्डारीको सञ्चित विदाका विषयमा नियमविपरीत नगर्ने प्रधानाध्यापक सुवेदीले अड्डी नछोडेपछि रिसले चुर भएका भण्डारीले झुक्याएर थप्पड हानेको स्रोतले बताएको छ ।

‘भण्डारीको सञ्चित विदा सकिएको थियो । प्रधानाध्यापकलाई उनले सञ्चित विदा सकिए पनि नियमअनुसार नै विदा सिफारिस गरिदिन अनुरोध गरेका थिए’, स्रोतले भन्यो, ‘प्रधानाध्यापक सुवेदीले भण्डारीको मागबमोजिम कानुनविपरीत सिफारिस दिन नसक्ने बताएपछि भण्डारीले थप्पड हानेका हुन् ।’

यसैबीच, इलाका प्रहरी कार्यालय झिलझिलेले प्रधानाध्यापक सुवेदीलाई थप्पड हान्ने शिक्षक भण्डारीलाई पक्राउ गरेको छ । पक्राउ परेका शिक्षकलाई अनुसन्धानका लागि प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।

Adv footer