२०८१ पुष १७ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

रुघाखोकीका लक्षण, रोकथाम र उपचार


बिर्तामोड, असोज २० । वर्षा ऋतुको समाप्तिसँगै सुरुवात हुने शरद ऋतु अर्थात बदलिँदो चिसो मौसममा मौसमी रुघाखोकी अर्थात इन्फ्लुएन्जा अति छिटो हुने श्वासप्रश्वाससम्बन्धी संक्रमण हो ।

यसलाई एभियन इन्फ्लुएन्जा भनेर पनि चिनिन्छ । त्यसैले, यसको विस्तार पनि अति छिटो हुन्छ । फ्लुबाट संक्रमित व्यक्तिको तर रुघाखोकीको कुनै लक्षण नदेखिने बेलादेखि नै स्वस्थ मानिसलाई सार्न सक्छ ।

मौसमी रुघाखोकी अर्थात एभियन इन्फ्लुएन्जा ‘ए’, ‘बि’,‘सि’,‘डि’ गरी चार प्रकारको हुन्छ । तर, मुख्य रुपमा महामारी चाहिँ ‘ए’ र ‘बि’ भाइरसको कारणले हुन्छ । यो भाइरस वा यसको संक्रमण एकदेखि दुई हप्तासम्म रहन्छ ।

कसरी सर्छ ?

नाक, मुख तथा श्वासप्रश्वास नलीबाट निस्कने सूक्ष्म भाइरस एकबाट अर्को व्यक्तिमा अति छिटो सर्छ । रुघाखोकी वा इन्फ्लुएन्जा भाइरसबाट संक्रमित व्यक्तिसँगको लसपस, श्वासप्रश्वास, हाच्छिउँ गर्दा निस्कने ¥याल, सिंगानका छिटा, संक्रमितले प्रयोग गरेका सरसमानका कारण स्वच्छ व्यक्तिमा सर्न सक्छ ।

चिन्ह र लक्षणहरु
टाउको–शरीर दुख्नु,
नाकबाट पानी–सिँगान बग्नु,
नाक बन्द हुनु,
घाममा हेर्न नसक्नु,
घाँटी दुख्नु/खसखस हुनु,
ज्वरो आउनु,
वाकवाकी–पखाला लाग्न सक्छ ।

रोकथाम

संक्रमित व्यक्तिलाई अरु स्वस्थ व्यक्तिबाट अलग राख्ने,
उमालेको तातो पानी प्रशस्त (दिनमा २ देखि ३ लिटरसम्म) खाने,
तातो पानीमा कागतीको रस, ज्वानो, बेसार, अदुवाको रस राखेर खाने,
झोलिलो खानेकुरा खाने,
न्यानो लुगा लगाउने र आराम गर्ने,
संक्रमित वा बिरामीले प्रयोग गरेका रुमाल, कपडालगायतका सरसामान राम्ररी सफा गर्ने,
भीडभाडमा नजाने/नबस्ने,
हरियो तरकारी, सागपात, गेडागुडीको रस, दूध, माछामासु, फलफूल खाने, इन्फ्लुएन्जा खोप लगाउनु वाञ्छनीय हुन्छ । तर, खोप चिसो मौसम सुरु हुनुभन्दा ३ महिना पहिले नै लगाउनुपर्छ ।

उपचार

रुघाखोकी अर्थात इन्फ्लुएन्जा भाइरसबाट उत्पन्न हुने हुँदा यसको खास उपचार छैन । केवल लक्षण अनुसारको उपचार गरिन्छ । जस्तैः कपाल, शरीर दुखेमा सिटामोल, जलवियोजन भएमा पुनर्जलीय झोल दिइन्छ ।

रुघाखोकीलाई लापरबाही गर्नुहुँदैन । लापरबाही गरेमा यसबाट निमोनिया जस्तो जटिल समस्या उत्पन्न भई दीर्घरोगी अथवा मृत्युसमेत हुन सक्छ । त्यसकारण श्वासप्रश्वासमा जटिल समस्या आएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा देखाइहाल्नुपर्छ । तर, डिकोल्ड, कोल्डारिन, एनासिनलगायतका कुनै औषधि खानु हुँदैन । यस्ता औषधि हानिकारक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer