२०८१ मंसिर १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

गिरीबन्धु जग्गाबारे सर्वोच्च अदालतः बसपार्कसहित आसपासको जग्गा सरकारीकरण गर्नू


बिर्तामोड, बैशाख ३१ । सर्वोच्च अदालतले झापाको गिरीबन्धुको चिया उत्पादनबाहेक अरु प्रयोजनमा रहेका जग्गा सरकारीकरण गर्नू भनी आदेश जारी गरेपछि लेनदेन गरेका व्यवसायी तथा सर्वसाधारण अन्योलमा परेका छन् ।

झापाको गिरीबन्धु टि स्टेटको नाममा रही चिया उत्पादनका लागि उपयोग नभएको जग्गा सरकारीकरण गर्न सर्वोच्च अदालतले आदेश दिएपछि उनीहरु अन्योलमा परेका हुन् ।

यो जग्गाको मुद्दा सर्वोच्च अदालतमा चल्दा मुद्दाको बहसमा भाग लिएका वरिष्ठ अधिवक्ता बिर्तामोडका लीला उदासीले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठमा उक्त मुद्दा किनारा लागेको अवस्थामा केही बोल्नु नपर्ने भनिएकाले ५१ बिघा जग्गा सुरक्षित रहेको बताए ।

उदासीका अनुसार भारतीय दूतावासको सहयोगमा बनेको टेकबहादुर गिरी बसपार्क पनि ५१ बिघाभित्रै पर्छ । ५१ बिघा जग्गामध्ये सोही बेला केही जग्गा ७३ जनाले किनबेच गरिसकेका थिए ।

बासपार्क क्षेत्रमा हालसम्म त्यो जग्गा टुक्राटुक्रा भएर धेरै मानिसहरूले किनबेच गरिसकेका छन् । कतिका घर बनेका छन् । सो ठाउँ व्यावसायिक क्षेत्र भइसकेको छ ।

हदबन्दी छुटबाट पाएको गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न दिने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले निर्णय खारेज गर्दै चिया उत्पादन बाहेक अरु प्रयोजनमा रहेका जग्गा सरकारीकरण गर्नू भनी आदेश जारी गरेको छ ।

२०६० सालमा बिक्री भएको जग्गा फिर्ता गर्नुपर्ने भन्ने आशय सर्वोच्च अदालतको आदेशमा रहेको भन्ने विषयले पनि अहिले चर्चा पाएको हो ।

फैसलामा तेस्रो पक्षका नाम गइसकेको जग्गामा सर्वोच्च अदालतले केही बोल्नु नपर्ने भनेकाले ५१ विबा जग्गा सुरक्षित रहेको छ जस्तो लागेको उदासीले बताए ।

२०६० सालमा गिरीबन्धु चिया बगानको जग्गा विभिन्न व्यक्तिलाई बिक्री गरिएको भन्दै सर्वोच्च अदालतले प्रश्न उठाएको छ । तर, त्यतिबेलै अदालतबाट निर्णय भइसकेको भन्दै त्यसबारे सर्वोच्च अदालत थप बोलेको छैन ।

सर्वोच्चले भनेको छ, ‘गिरीबन्धु टि स्टेटको जग्गाको क्षेत्रफल गणना गर्दा २०६० सालको निर्णय बमोजिम हस्तान्तरण गरिएको ५१ बिघा जग्गालाई समेत कुल हदबन्दी क्षेत्रफल कायम गर्ने प्रयोजनका लागि गणना गर्नू ।’

गिरीबन्धु टि स्टेटको जग्गा मुद्दाको हकमा चिया उद्योगको काम रहेसम्म भनी हदबन्दीमा छुट पाएको जग्गा अरु कुनै पनि कामका लागि प्रयोग हुन नमिल्ने भन्दै सर्वोच्च अदालतले ३४३ बिघा १९ कठ्ठा, १२ धुर जग्गा सट्टापट्टा हुन नसक्ने फैसला गरेको छ ।

फैसलाको पूर्णपाठमा भनिएको छ, ‘सट्टापट्टा गर्ने सम्बन्धमा दिइएको अनुमति वा स्वीकृति सर्वथा अनुचित र भूमिसम्बन्धी कानुनले गरेको हदबन्दी सम्बन्धी अवधारणा प्रतिकूल रहेको देखिन्छ ।’

भगिनी संस्थाको रुपमा नाज टि स्टेट खडा गरी गिरीबन्धुबाट २०५२ सालमा ५१ बिघा जग्गाको शेयर लगानी गरेर हक हस्तान्तरण र नामसारी गरेको भन्दै सर्वोच्च अदालतले प्रश्न उठाएको छ ।

उक्त जग्गा प्लटिङ गरी घडेरीको रुपमा बिक्री गर्ने उद्देश्य लिइएको भन्दै सर्वोच्च अदालतले ‘त्यसलाई होइन भनी मान्न सकिने अवस्था नदेखिएको’ भन्दै व्याख्या गरेको छ ।

सर्वोच्च अदालतको पूर्णपाठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer