२०८१ असोज ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा अंग्रेजी विषयको कार्यशाला


बिर्तामोड, असार ७ । बिर्तामोड नगरपालिकाले गठन गरेको अंग्रेजी विषय समितिले शुक्रबार बिर्तामोडको महेन्द्ररत्न माविमा अंग्रेजी विषयक एक दिने अन्तरक्रिया तथा कार्यशाला सञ्चालन गरेको छ ।

कार्यशालामा बिर्तामोड नगर क्षेत्रका संस्थागत तथा सामुदायिक विद्यालयका ४० जना शिक्षकहरू सहभागी थिए ।

नगरपालिकाले शैक्षिक क्षेत्रमा संस्थागत र सामुदायिक विद्यालयहरूलाई एकैसाथ लिएर अगाडि बढ्ने नीति अवलम्बन गरेपछि दुवै विद्यालयका शिक्षकहरु लाभान्वित भएका छन् ।

शुक्रबार सञ्चालित कार्यशालामा शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव तिल्चन भण्डारी, बिर्तामोड नगरस्तरीय विषयगत समिति सञ्जालका सदस्य धर्मेन्द्र भट्टराई, अंग्रेजी विषयगत समितिका संयोजक लक्ष्मण शिवाकोटी र सदस्य केशव उप्रेतीले सहजीकरण गरेका थिए ।

कार्यशालामा शिक्षण सिकाइ सम्बन्धी सीप प्रश्न गर्ने तरिका तथा प्रश्न निर्माण गर्ने तरिका र परियोजना कार्यलाई मूल्यांकन गर्ने तरिकाहरूको विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा नगरस्तरीय विषयगत सञ्जालका सदस्य लीलाप्रसाद भण्डारी, शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेल, महेन्द्ररत्न माविका प्रधानाध्यापक खड्गप्रसाद खरेल, न्युटन्स एजुकेसन एकाडेमिका प्रिन्सिपल देवेन्द्र हुमागाईंलगायतको उपस्थिति रहेको थियो ।

नगरपालिकाले वर्ष २०८१ लाई शैक्षिक उपलब्धि वृद्धि वर्षको रुपमा घोषणा गरेको छ । विषयगत शिक्षकहरूको पहिलो नगर सम्मेलनमार्फत समिति गठन गरिएको छ । सम्मेलनले अंग्रेजी, नेपाली, विज्ञान, गणित र सामाजिक समितिहरू गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer