बिर्तामोड, असार २५। हाल देशभर मनसुनी वायुको न्यून चापीय रेखा पूर्वको आसपासमा र पश्चिममा दक्षिणतर्फ अवस्थित रहेको छ । जसका कारण हाल देशका धेरै जसो स्थानमा साधारणतया बदली रही कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी भागको एक दुई स्थानमा वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ । देशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशको एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ ।