२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बच्चाहरु धेरै रिसाहा किन बन्छन् ?


बिर्तामोड, साउन ६ । जो बच्चामा बाइपोलर समस्या छ, उनीहरु सजिलै आक्रामक तथा रिसाहा हुने गर्छन् । घरको माहोल तनावपूर्ण छ भने पनि बच्चा रिसाहा बन्छन् ।

अभिभावकले हरेक समय कमिकमजोरी निकाल्छन् भने पनि बच्चाहरु रिसाहा हुने गर्छन् ।

अभिभावक एकदमै रिसाउने खालका छन् भने पनि यो बानी व्यवहार बच्चामा आउने सम्भावना अत्यधिक हुन्छ ।

चाहिनेभन्दा धेरै नै व्यवस्थित गर्न खोज्दा पनि बच्चा चिडचिडा र रिसाहा हुने गर्छन् । बच्चामा अत्यधिक स्क्रिन टाइमले पनि मुड स्विंगको समस्या बढाउँछ ।

धेरै गुलियो खाने बच्चामा पनि रिस धेरै उठ्छ । अभिभावकको राम्रो व्यवहारले उनीहरुलाई शान्त बनाउन सक्छ । त्यसैले, बच्चासँग धेरै रिसाउने तथा सधैँ नकारात्मक कुरा नगरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer